राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाउन जसपाको बैठक सुरु


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

राष्ट्रियसभाको उम्मेदवार टुगों लगाउन समितिको बैठक सुरु भएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रियसभाका लागि सिटको टुंगो लागेपछि सो पार्टीको उम्मेदवार चयन गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ।

मधेश प्रदेशबाट सो पार्टीले एकजना महिला उम्मेदवार पाउने भएको छ । सत्ता गठबन्धनको बैठकमा भएको सीट बाँडफाँटबाट जसपाले एक सीट मात्र पाउने भएको हो ।

खाली भएको महिला सिट उसले पाउने भएको हो । सत्ता गठबन्धनको बैठकले गरेको बाँडफाँटको विषयमा पनि कार्यकारिणी समितिको बैठकमा छलफल हुनेछ ।

जसपाले दुई सीट दावी गर्दै आइरहेको थियो ।

प्रतिक्रिया