राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक जारी


काठमाडौं – सत्ता गठबन्धनमा सहभागी दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन छलफल जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बसिरहेको हो ।

११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा मिलेर चुनाव लड्ने तयारीमा रहेका सत्ता गठबन्धनका दलहरुबीच शनिबार सिट बाँडफाँटका विषयमा छलफल भएको छ । सात प्रदेशमा १९ सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया