विश्व निकेतनले जित्यो महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि


काठमाडौं- काठमाडौं महानगरपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले जितेको छ ।

विश्व निकेतनले १२ स्वर्ण, २ रजत र २ कास्यसहित १६ वटा पदक प्राप्त गरेर प्रथम भएको हो । महानगरले विश्व निकेतनलाई ५० हजार नगदसहित पुरस्कृत गरेको छ ।

त्यस्तै ५ स्वर्ण, १३ रजत र ५ कास्यसहित २३ वटा पदक प्राप्त गरेर विजेश्वरी जान मन्दिर सैनिक महाविद्यालयले दोस्रो स्थान हासिल गरेको छ ।

६ स्वर्ण, ३ रजतसहित १२ वटा पदक प्राप्त गरेर पद्यमकन्या विध्याश्रम विद्यालयले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतिक्रिया