

राष्ट्रियसभा निर्वाचन: ११५ वटा जातजातिले अल्पसख्यकको तर्फबाट उम्मेदवारी दिन पाउने

काठमाडौं – आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभा निर्वाचनमा अल्पसंख्यक समूहतर्फ ११५ जातजातिले निर्वाचनमा सहभागी हुनका लागि उम्मेदवारी दिन पाउने भएका छन् ।
गृह मन्त्रालयले राष्ट्रिय सभा सदस्य निर्वाचन, ऐन, २०७४ को दफा दुईको खण्ड ख बमोजिम राष्ट्रिय जनगणना, २०७८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका दलित बाहेकका ११५ जातजातिको सूची मात्रै राजपत्रमा प्रकाशित गरेको हो ।
पुष पाँच गते मन्त्रिपरिषद बैठकले आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि कम जनसंख्या रहेका दलितबाहेक अल्पसंख्यक जातजातिलाई अल्पसख्यको रुपमा तोक्ने निर्णय गरेको थियो ।
फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये तीनजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट रिक्त हुन लागेका छन् ।

