इपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ


काठमाडौं-  रोजगार अनुमति प्रणाली ‘इपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ ।

शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघिका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई पुस १३ गते भएको बालकुमारी घटनापछि सरकारले जिम्मेवारीबाट हटाएको थियो ।

 

प्रतिक्रिया