वीर अस्पतालमा अक्सिजन खरिदका लागि बजेट निकासा


काठमाडौं- वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको छ ।

अर्थ मन्त्रालयले वीर अस्पतालमा बिरामीको खाजा तथा अक्सिजन खरिद शीर्षकमा कटौती भएको साढे ४ करोड निकासा गर्ने बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको अक्सिजनको बजेट समेत घटाएपछि समस्या परेको थियो । अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेपछि चौतर्फी आलोचना भएको थियो।

दबाबपछि अर्थ मन्त्रालयले वीर अस्पतालमा करोड निकासा गर्ने बताएको हो ।

 

प्रतिक्रिया