

राष्ट्रपति पौडेल आज तनहुँ र बुटवल जाँदै

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल र तनहुँका कार्यक्रममा सहभागी हुँदै छन् ।
राष्ट्रपति पौडेल शुक्रबार गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुँदै छन् । शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि उनी बुटवलमा हुने जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।
सो किल्ला नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको मेयर खेलराज पाण्डेयले जानकारी दिए ।
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा पुग्ने र त्यहाँको अवलोकन पश्चात् कार्यक्रममा हुनेछन् ।

