

राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एसको सचिवालय बैठक आज बस्दै

काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आजका लागि सचिवालय बैठक बोलाएको छ ।
दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
नेता श्रेष्ठका अनुसार राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।

