महानगरभित्रका पेट्रोलपम्पले ४५ दिनभित्र शौचालय सञ्‍चालन गर्नुपर्ने


काठमाडौं- काठमाडौं महानगरपालिकामा रहेका सबै पेट्रोलपम्पलाई सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरले ४५ दिनको समय दिएको छ ।

आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

पेट्रोलपम्पमा शौचालयको विषयमा अध्ययन गर्न महानगरले समिति पनि गठन गरेको छ ।  समितिलाई पेट्रोलपम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नुपर्ने काम र निश्चित अवधिमा सुधार गर्नुपर्ने कामको अध्ययन गर्न ४५ दिनको समय दिएको छ ।

महानगरले यसअघि नै होटल, क्याफेमा पनि सार्वजनिक शौचालयको अवधारणा ल्याएको थियो ।

प्रतिक्रिया