रुस र युक्रेनको श्रम स्वीकृतिमा सरकारको रोक


काठमाडौं- सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले आज एक सूचना निकालेर यी वटा दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेकाे जनाएको हो ।

पछिल्लो समय अवैधरूपमा नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेका छन्। अहिलेसम्म रुसी सेनामा कार्यरत १० नेपालीको ज्यान गइसकेको छ।

प्रतिक्रिया