प्रधानमन्त्रीको प्रस्ताव आए नछाड्ने कांग्रेस सभापति देउवाको घोषणा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको प्रस्ताव आएको खण्डमा पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीलाई सरकारको नेतृत्व गर्ने प्रस्ताव आएको खण्डमा जिम्मेवारीबाट नभाग्ने बताएका हुन् ।

उक्त अवसरमा देउवाले भने, ‘कांग्रेस पदको लोभ गर्दैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छोड्छ ।’

प्रतिक्रिया