

गाउँपालिकाको भवन उद्घाटन गर्न सार्वजनिक बिदा !

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको उद्घाटनमा गर्ने अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै बिहीवार गाउँपालिकाको उक्त भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आउने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ।

