ललितपुरमा डेरा गरि बस्ने सुमित्राको कोठामा चोरी, २ जना पक्राउ


काठमाडौं– चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले राजधानीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका भुवन श्रेष्ठ र चितवनका राजकुमार विश्वकर्मा रहेका छन् । दुवैजना बाफलबाट पक्राउ परेका हुन् ।

उनीहरुले काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–३ घर भई ग्वार्को मिनी मार्केट नजिकै डेरा गरी बस्ने सुमित्रा तामाङको कोठाबाट धनमाल चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया