प्रधानमन्त्री ओलीका खास सारथीलाई प्रचण्ड–नेपाल समूहको कारबाही, पार्टीबाटै हटाए


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका खास मानिने नेताहरूसहित नेकपा संसदीय दलका प्रमुख सचेतक, सचेतक, संसदीय दलका उपनेता, मन्त्रीसम्मलाई पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले कारबाही गरेको छ।

बुधबार बसेको उक्त समूहको केन्द्रीय समितिको बैठकले ७ जनालाई कारबाही गरेको हो। संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उक्त पदबाट हटाएको छ।

यस्तै, महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको बर्षमान पुनले जानकारी दिएका हुन्।

पार्टी हितविपरित काम गरेको भनी कारबाहीको कारण खुलाइएको छ। कारबाही गरिएकाहरू प्रधानमन्त्री ओलीका विश्वासिला पात्र हुन्। उनीहरूले खुलेर ओलीको पक्षमा वकालत गरेका थिए।

प्रतिक्रिया