
‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आजबाट सकिँदै
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार सकिँदैछ।
भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको माओवादीले अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै थप एक महिना लम्ब्याएको थियो ।
जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेको र आज समापन गर्न लागिएको महासचिव देव गुरूङले जानकारी दिए।
‘सोमबार आ–आफ्नो ठाउँमा भोला, बैठक राख्ने र समीक्षासहित अभियानको समापन हुँदैछ। अभियान मूलभूत रूपमा सफल भएको निष्कर्षमा पुगेका छौं। विस्तृत रिपोर्ट त आउन समय लाग्छ,’ उनले भने।



कागजपत्र |
