

कांग्रेसबाट राष्ट्रियसभा उम्मेदवारमा दुई कलाकारको नाम सिफारिस

काठमाडौं – नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि दुई जना कलाकारको नाम सिफारिस भएको छ ।
आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा दुई जना कलाकारको नाम परेको हो ।
बागमती प्रदेशबाट कालाकार नीर शाहको नाम सिफारिस भएको छ भने गण्डकी प्रदेशबाट कांग्रेस निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम सिफारिस भएको छ । सभापति शेरबहादुर देउवा निकट थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो ।

