


अदालतले पक्राउ पूर्जी जारी गरेका विप्लव प्रधानमन्त्रीसँगै !

काठमाडौं — प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ ।
अदालतले पक्राउ पूर्जी जारी गरे पनि माेर्चाको बैठकमा सहभागी हुन नेत्र विक्रम चन्द विप्लव बालुवाटार पुगेका छन् ।
बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ । बैठकमा विप्लवसँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन् ।
यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।
काठमाडौं जिल्ला अदालतले विप्लवसहित चार नेताविरुद्ध मंसिर १८ गते ३५ दिने पक्राउ पूर्जी जारी गरेको थियो ।

