जुम्लामा हवाई टिकट कोटा प्रणालीमार्फत


जुम्ला- जुम्लाबाट हुने उडानका लागि कोटा प्रणालीमार्फत टिकट दिइने भएको छ । निजी हवाई कम्पनीले मनपरी टिकट बाँडेको र फोनको भरमा आफ्नालाई टिकट वितरण गरिने गुनासोपछि सो निर्णय भएको हो ।

आइतबार बसेको सर्वपक्षीय बैठकले कोटा प्रणाली लागु गर्ने सहमति गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जनाए । गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको उनले बताए ।

बैठकबाट विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने, प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने, हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णय बैठकबाट गरिएको प्रजिअ घिमिरेले बताए ।

अबदेखि प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई–दुई सिट छुट्याउनुपर्ने, जिल्ला प्रशासनका लागि दुई सिट र अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राख्नुपर्ने निर्णय भएको उनले बताए।

 

प्रतिक्रिया