

पर्साका साह हिरासतबाटै भागेपछि ४ प्रहरी निलम्बित

बिहार- भारतमा हिरासतमा रहेका एक थुनुवा भागेपछि ४ जना प्रहरी निलम्बनमा परेका छन् । प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ किलो गाँजासहित पर्साका सुदर्शन साह र लालबाबु ठाकुरलाई पक्राउ गरेको थियो ।
तर मोतिहारीमा अदालतसामु उपस्थित गर्नका लागि लैजाँदै गर्दा सगौलीमा दुवैजना भागेका थिए । ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएका थिए ।
त्यसपछि पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका छन् ।
निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् ।
प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ ।

