सचिवालय सदस्यबाहेक सांसदलाई स्वतन्त्र छलफलमा जुट्न जनार्दन शर्माको अपिल


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी, दाहाल–नेपाल समुहका नेता एवं सांसद जनार्दन शर्माले पार्टीमा सचिवालय सदस्य रहेका बाहेक सबै सांसदलाई स्वतन्त्र छलफलमा जुट्न आह्वान गरेका छन्।

पुनर्स्थापनापछि प्रतिनिधि सभाको पहिलो बैठक बस्न केही दिन बाँकी रहँदा सांसद शर्माले बुधबार अपिल जारी गर्दै जनमतको सम्मान र आफ्ना कर्तव्य कसरी निर्वाह गर्ने भन्नेबारे निष्कर्ष निकाल्न स्वतन्त्र छलफल गर्न आवश्यक भएको बताएका हुन्। संसद् अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे बस्दै छ।

उनले भनेका छन्, ‘सचिवालय सदस्यहरू बाहेकका सांसदहरूले एउटा छलफल गरी आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महसुस गरी पार्टी,आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्ने बारे स्वतन्त्र रूपले छलफल गर्न माननीयहरूमा हार्दिक अपिल गर्दछु।’

 

प्रतिक्रिया