अनमी तुलसा विकलाई जातीय विभेद गरेको आरोपमा २ जना पक्राउ


मुगु- मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा का र्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए ।  जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए ।

स्रोतका अनुसार पक्राउ परेकामा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा छिन् ।

दाङ घर भएकी अनमी तुलसाकुमारी गत वर्ष माघदेखि खनैयाँ स्वास्थ्यचौकीमा कार्यरत छिन् । उनी स्वास्थ्य चौकीका इन्चार्ज सुरजकुमारी शाहीकै घरमा डेरा लिएर बसेकी थिइन् । तर गत वैशाखमा जात थाहा पाएपछि उनकी आमाले डेरा सर्न दबाब दिएको आरोप अनमी विकको छ ।

साथै सरु गाउँपालिकाकै शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्लले यौन दुर्व्यवहार गरेको आरोपसमेत अनमी विकले लगाएकी छन् ।

प्रतिक्रिया