

कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता

धनगढी – कैलालीमा पहिलोपटक पारलैंगिक विवाह दर्ता भएको छ। जिल्लाको कैलारी गाउँपालिका ८ का प्रकाश चौधरी र दाङ तुलसीपुर उपमहानगरपालिका– १ का मनिला न्यौपानेको विवाह दर्ता भएको हो।
विवाह गरेको ४ वर्षपछि उनीहरुको विवाह कैलारी गाउँपालिकामा दर्ता भएको हो। यहि पुुस ६ गते मात्रै उनीहरुको विवाह दर्ता भएको हो। पारलैंगिक विवाह गर्न पाउने कानुन हुँदा पनि अहिले सम्म कैलालीमा पारलैंगिक विवाह दर्ता भएको थिएन।
शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलोपटक पारलैंगिक विवाह दर्ता निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले बताइन्। समलिङ्गी विवाहका रूपमा प्रकाश र मनिलाको विवाहलाई नेपालमा दोस्रो भनिए पनि ट्रान्स जेन्डरको जोडीका रूपमा उनीहरूको पहिलो विवाह दर्ता भएको समाजका अध्यक्ष गुरुङले बताइन्।
विवाह दर्ता भएपछि बच्चाको पनि चाहना भएको बताउदैँ उनीहरूले समलिङ्गी विवाहपछि अब धर्म सन्तान पनि राख्न पाउनुपर्ने बताएका छन्।
यसअघि नेपालमा पहिलो पटक नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबिच समलैंगिक विवाह दर्ता भएकाे थियाे ।

