

जंगली हात्तीको आक्रमणबाट मारिए गाउँपालिकाका कर्मचारी पाठल

झापा – जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
हल्दिबारी गाउँपालिका-२ पाराखोरी बस्ने ६० वर्षीय पाठल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
उनी बुधबार बिहान अन्दाजी साढे ४ बजे मर्निङ वाक गएका थिए। घरबाट अन्दाजी २०० मिटर पूर्व चन्द्रगढी हल्दीवारीमा जंगली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी गाउँपालिकाको वडा नम्बर २ मा कार्यालय सहयोगीको रूपमा काम गर्थे।
उनको शव फेला परेपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।

