एक/दुई दिनभित्रै सचिवालय बैठक बोलाउने एमालेको तयारी


काठमाडौँ – ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको बताए ।

‘सङ्कल्प यात्राको समीक्षाका लागि सचिवालय बैठक बोलाउनेबारे छलफल भइरहेको छ । एक दुई दिनभित्रै सचिवालय बैठक बस्छ । त्यसपछि यात्राको विस्तृत रिपोर्ट सार्वजनिक गर्छौ’, गौतमको भनाइ छ ।

एमालेले मङ्सिर १४ देखि पुस १ सम्म बैतडीको झुलाघाटबाट सुरु गरेको मध्यपहाडी लोकमार्ग अन्तर्गतका २६ वटा जिल्लाको यात्रा गर्दै पाँचथरको चिवा भञ्ज्याङमा पुगेर समापन गरेको थियो ।

यात्राका क्रममा एमाले नेतृत्वले मध्य पहाडका जनताका समस्या, गुनासा र सम्भावनाबारे अध्ययन गरेको बताएका छन् ।

प्रतिक्रिया