आइपीएल इतिहासकै सबैभन्दा महंगो खेलाडी कमिन्स, हेदराबादले २० करोड ५० लाखमा किन्यो


काठमाडौं- अष्ट्रेलियाका कप्तान प्याट कमिन्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महंगो खेलाडी बनेका छन् ।

मंगलबार यूएईको दुबईमा मंगलवार भएको आइपीएल अक्सनमा कमिन्सलाई सनराइजर्स हेदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा किनेसँगै उनी सबैभन्दा महंगो खेलाडी बनेका हुन् ।

कमिन्सको कप्तानीमा अष्ट्रेलियाले यसै वर्ष भारतमा छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । यो क्रममा अष्ट्रेलियाले आयोजक भारतलाई फाइनलमा हराएको हो ।

कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकप जिताउने कप्तान पनि हुन् । फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटाैँ पटक च्याम्पियन बनेकाे थियाे ।

प्रतिक्रिया