

तरुण दलको टोली जाजरकोट प्रस्थान, भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउने

काठमाडौं- जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्न तरुण दलको टोली जाजरकोट प्रस्थान गरेको छ ।
तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा तरुण दल केन्द्रीय सदस्यहरू जाजरकोट गएका हुन् ।
६० देखि १०० वटा आवास निर्माण गर्ने लक्ष्यसहित टोली जाजरकोट प्रस्थान गरेको हो । टोलीमा करिब ३० जना सदस्य रहेका छन् ।

