विशेष सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा दाहालले विशेष सम्बोधन गर्ने भएका हुन् ।

आगामी मंगलबार प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदै गर्दा प्रचण्डले देशवासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

प्रधानमन्त्री दाहाल आफैँले एक वर्षपछि नयाँ ढङ्गले काम गर्न चाहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया