दुई संसदीय समितिको आज बैठक


काठमाडौं – आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ।

उद्योग वणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै साढे १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको विषयमा छलफल हुनेछ।

एनसेलको शेयर खरिदमा भएको अनिमितताको विषयमा सरकारको तर्फबाट भइरकेको कामकारबाहीबारे बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया