नेकपा एसको सचिवालय बैठक आज पनि, विधान संशाेधनसम्बन्धी छलफल हुने


काठमाडौं – सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । बैठकमा हिजो पेस भएको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुने भएको छ ।

सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमितिले हिजोको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको थियो ।

‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहन्छ’, पार्टीका सचिव जीवनराम श्रेष्ठ भने ।

प्रतिक्रिया