


मलेसियामा साथीको हत्यापछि हुलिया बदलेर नेपाल आउँदै गरेका साह पक्राउ

काठमाडौं— मलेसियामा साथीको हत्या गरेपछि हुलिया बदलेर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका– ५ का २४ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् ।
उनले झापा, शिवसताक्षी–३ का धनबहादुर प्रधानको हत्या गरेका थिए । उनीहरू दुवैजना मलेसियामा एउटै कम्पनीमा काम गर्दै आएका थिए ।
पीडतका आफन्तले साहले हुलिया बदलेर नेपाल आउन लागेको सूचना प्रहरीलाई दिएका थिए । साह गत मंसिर ३० गते मलेसियाबाट हिमालयन एयरलाइन्सबाट काठमाडौं आउँदै गर्दा त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन् ।
इन्टरपोलमार्फत मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

