अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष खुवाइएको आशंका, अस्पतालमा भर्ना


नयाँ दिल्ली- अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना भएका छन् । उनलाई विष खुवाइएको आशंका गरिएको छ। तर, त्यसको आधिकारिक पुष्टि भने नभएको भास्करले जनाएको छ ।

उनी २ दिनदेखि अस्पतालमा भर्ना छन् । उनलाई कडा सुरक्षामा राखिएको छ ।

दाउद इब्राहिम भारतको मोस्ट वान्टेड आतंकवादी हुन् । गत वर्ष उनीमाथि २५ लाख रुपैयाँको पुरुस्कार राखिएको छ । संयुक्त राष्ट्र संघले पनि दाउदलाई विश्वव्यापी आतंकवादी घोषणा गरेको छ ।

 

 

प्रतिक्रिया