नेकपा एसको सचिवालय बैठक आजबाट


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ ।

मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने उनले बताए ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ ।

 

प्रतिक्रिया