शेयर बजारमा हरियाली, २७ अंकले नेप्से बढ्दा ५ अर्ब बढीको कारोबार


काठमाडौं – चालु साताको पहिलो कारोबार दिन आइतबार पौन २८ अंकले सेयर बजार बढेको छ ।

आइतबार २७.७५ अंकले बढेको सेयर बजार २०२२.३५ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन २९५ कम्पनीका १ लाख १ हजार १२८ पटक भएको कारोबारमा १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १८५ कम्पनीको सेयर मूल्य बढ्दा ५२ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ ।

प्रतिक्रिया