विप्लवको विज्ञप्तिः प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन, सरकार प्रतिबन्ध हटाएको घोषणा गर्दै


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा सरकारसँग वार्ताका लागि दुई सदस्यीय समिति गठन गरेको जनाएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै विप्लवले सरकारसँग देशको राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्ताका लागि समिति गठन गरेको जनाएका छन्।

वार्ता समितिमा सदस्यका रुपमा दिपक रहेका छन्। सरकारी टोलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको वार्ता टोली गठन भएको छ।

यसैबीच सरकारले विप्लवमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने भएका छ। सरकार सञ्चारमन्त्री प्रवक्ता पार्वत गुरुङले प्रतिबन्ध फुकुवाको प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्।

प्रतिक्रिया