
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ । बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा पुस ३ गतेसम्म जारी रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने कार्यतालिका छ । यस्तै सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत हुने उनको भनाइ छ।
यस्तै बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने एजेण्डा पनि तय भएको छ ।
पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुनेउनले बताए । बैठक विभिन्न निर्णय गर्दै पौष ३ गते समापन हुने सो पार्टीले जानकारी दिएको छ ।



कागजपत्र |
