सहसचिव लम्साल सचिवमा बढुवा, बनिन् पहिलो महिला परराष्ट्र सचिव


काठमाडौं – सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई सचिव पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको एकल नाम सिफारिस गरेको थियो ।

बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।

प्रतिक्रिया