माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उनले बताए । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन हुन सक्ने सापकोटाले विश्वास व्यक्त गरे ।

भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान आगामी पुस १६ गते सकिँदैछ । प्रचण्ड नेतृत्वको सरकारले पुस ११  गते एक वर्ष पुरा गर्दैछ । पछिल्लो एनसेल प्रकरणमा सरकार आलोचित भएको छ ।

मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म  समायोजन समिति गठन भएको छैन ।

प्रतिक्रिया