बालकृष्ण खाँणको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणको पुनरावेदनमाथि सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज भएको सुनुवाइअन्तर्गत भर्खरै बहस सकिएको हो ।

खाणलाई छाड्ने या थुनामै राख्नेबारे केही बेरमा आदेश आउनेछ ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

प्रतिक्रिया