रास्वपाको वडा अधिवेशन आजदेखि


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा अधिवेशन आजदेखि सुरु भएको छ । पार्टी स्थापनापछि पहिलो पटक रास्वपाले वडा अधिवेशन गर्न थालेको हो ।

सातै प्रदेशका एक-एक वडाबाट आजदेखि वडा अधिवेशन सुरू भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘निर्वाचनपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रूपमा अधिवेशन आजदेखि सुरु भएको छ’, उनले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’

रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ ।

प्रतिक्रिया