‘कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’


लमजुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् ।

लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भने, ‘कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।’

पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उनको भनाइ थियो ।

‘पार्टीभित्रको खाडल चिर्दै एकता र आत्मीयता बढाउँदै कांग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने ।

प्रतिक्रिया