

अब फेसबुक मेसेन्जरमा म्यासेज इडिट गर्न सकिने, कसरी ?

काठमाडौं- मेटाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज इडिट गर्न सक्ने फिचर प्रदान गरेको छ ।
फेसबुक म्यासेन्जरमा अब म्यासेज पठाइसकेपछि पुनः सम्पादन गर्न सकिने मेटाले जनाएको छ । मेटाका अनुसार फेसबुक इडिट फिचर म्यासेज पठाएको १५ मिनेटभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
अहिलेलाई यो फिचर एन्ड्रोइड र आईओएसमा मात्र उपलब्ध छ । वेबका लागि कम्पनीले छिट्टै उपलब्ध गराउने बताएको छ ।
म्यासेज इडिट गर्नका लागि पठाएको म्यासेजमा क्लिक गरिराख्नुपर्छ त्यहाँ ‘इडिट’ भन्ने विकल्प देखाएपछि हामीले पहिलेको म्यासेजलाई हटाएर अर्को म्यासेज लेख्न सकिने छ ।

