एनसेल प्रकरणः सिंहदरवार अगाडि युवाहरुको प्रदर्शन


काठमाडौं- अहिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरण चर्चामा रहेको छ । जसका लागि सरकारले पनि छानबिन समिति गठन गरेको छ । कर छली गर्ने उद्देश्यका साथ एनसेलले शेयर खरिदबिक्री गरेको बुझाइ आम नागरिकको छ ।

संसदीय लेखा समिति, राजनीतिक दल, बुद्धिजिवी र आम नागरिकले यस प्रकरणमा चासो दिइरहेका छन् । यसैबीच ‘ब्यागस् अफ होप’ ले पनि यस प्रकरणमा सत्य तथ्य छानबिन हुनुपर्ने भन्दै प्रदर्शन गरेको छ ।  सोमबार सिंहदरवार अगाडि ‘ब्यागस् अफ होप’को टिमले सरकारका विरुद्ध प्रदर्शन गरेको हो ।

युवाहरुको उक्त टिमले ‘एनसेलको अवैध खरिदबिक्रि रोक्का गर, एनसेललाई राष्ट्रियकरण गर, छानबिन समितिले देशको हितमा निर्णय गरोस्’ भन्ने प्ले कार्डहरु बोकेका थिए ।

‘ब्यागस् अफ होप’ का अध्यक्ष नितिश जोशीले सामाजीक, राजनीतिक लगायत समग्र विकृतीका विरुद्ध आफूहरुको संघर्ष जारी रहने बताउनु भएको छ ।

प्रतिक्रिया