


कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । यही मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे बस्ने गरी बैठक बोलाइएकाे हाे ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिए । बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल गरिने बताइएकाे छ ।

