एमालेको संकल्प यात्रा भोली नुवाकोट आइपुग्ने, सबै तयारी पूरा


नुवाकोट – नेकपा एमालेको संकल्प यात्रा भोलि (शनिबार) नुवाकोट आइपुग्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नुवाकोटको बट्टार बजार आइपुग्ने भएको हो ।

नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली नुवाकोटको बट्टार बजार आइपुग्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए । एमाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

शनिबार नुवाकोट ओली आउने भएपछि यतीबेला सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागी एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।

एमाले अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिक स्थल देविघाट पनि अवलोकन गर्ने सुची रहेको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए ।

 

प्रतिक्रिया