नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ


काठमाडौं- प्रहरीले नागढुंगाबाट दुई किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् ।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया