

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्धको जहाज धनगढी पुग्यो

धनगढी- काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरलाइन्सकाे जहाज अवतरण हुन नसकेर धनगढीमा अवतरण भएको छ । भिजिविलिटी कम भएपछि BHA403 फ्लाइट धनगढी पुगेको हो ।
अहिले उक्त जहाह पुनः धनगढीबाट नेपालगञ्जका लागि उडेको बताइएको छ। नेपालगन्जमा अवतरण हुनु नसकेपछि सो जहाज धनगढी आएको थियो ।
तर अहिले मौसममा सफा भएकाले अन्य जहाजहरु नेपालगञ्जमै अवतरण भइरहेको जनाइएको छ ।

