पशुपतिमा शतबीज छर्न जानेले मान्नुपर्ने १३ नियम


काठमाडौं- यहि मंसिर २५ गते पर्ने बाला चतुर्दशीमा शतबीजज छर्न जानेहरुका लागि पशुपति विकास कोषले नियम बनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुलाई आग्रह गर्दै १३ बुँदे नियम पालना गर्नुपर्ने कोषले जनाएको हो ।

पशुपति क्षेत्र विकास कोषले शुक्रबार जारी गरेको नियमअनुसार आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।

कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।

आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ ।

 

 

प्रतिक्रिया