यू–१९ एसिया कपः नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने


काठमाडौं – यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले टस हारेको छ ।

पाकिस्तानसँग केही बेरपछि सुरु हुने खेलका लागि पाकिस्तानले टस जितेर बलिङ गर्ने निर्णयसँगै नेपालले ब्याटिङ गर्ने भएको हो ।

प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ।

नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’मा छन् । समूह ‘बी’मा युएई, जापान, श्रीलंका र बंगलादेश छन्। प्रतियोगिता मंसिर २२ देखि पुष १ गते (डिसेम्बर ८ देखि १७) सम्म चल्नेछ।सबै खेल आइसीसी एकेडेमी ओभल–१ र २ दुबईमा हुनेछन्।

प्रतिक्रिया