

राप्रपा राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सहभागीता जनाउने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त निर्णय भएको हो ।
निर्वाचनका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय पनि गरेको छ।

