

विराटनगर आगलागी अपडेटः थप एक जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

विराटनगर — मोरङको विराटनगर महानगरपालिका— ७, सातघुम्तीमा बुधबार दिउँसो भएको आगलागीमा परी थप एक जनाको मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । आगलागीमा परी तीन जना घाइतेको उपचार भइरहेको छ ।
सातघुम्तीमा रहेको टिनको छाप्रो भएको कवाडी पसलमा भएको आगलागीमा विराटनगर–६ का ५५ वर्षीया सुशीला पासवान, वडा ६ कै ६५ वर्षीया सुनिता कामत र स्थानीय ४० वर्षका दीपक मण्डलको मृत्यु भएको हो ।
बिराटनगर–६ कै ६० वर्षीया रीता सरदारको अवस्था गम्भिर रहेको र उनको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ । यस्तै, स्थानीय ५८ वर्षका किशोर पासवान मोरङको कटहरी–६ कि ३० वर्षीया पिङ्की कामतको पनि बर्न अस्पतालमै उपचार भइरहको छ ।

